साउन २६ र २७ एसईईको ग्रेडवृद्धि परीक्षा,साउन ५ गतेसम्म पुनर्योगका लागि निवेदन दिनुपर्ने
काठमाडौं।माध्यमिक शिक्षा परीक्षा (एसईई)नतिजा चित्त नबुझेका विद्यार्थीले साउन ५ गतेसम्ममा पुनर्योगको लागि निवेदन दिन सक्ने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा -१० ले सूचना जारी गर्दै ग्रेड्मा चित्त नबुझेमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ या परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिन सकिने जनाएको छ।
यसैगरी एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन् ।

