अबैध संरचना हटाउने कार्यलाई सोलु दुधकुण्डको निरन्तरता
दिप खालिङ,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाकाले नगरपालिका क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचन हटाउने कार्यलाई निरन्तरता दिएको छ ।

यस अघि सदरमुकाम सल्लेरीका प्रशासन आसपास र अन्य स्थानका संरचना हटाईसकेको छ । नगरपालिका भित्र अवैध र मापदण्ड विपरित निमार्ण गरिएको घर, टहराहरु नगरपालिकाले उक्त घर धनिलाई ३५ दिने सुचना दिई सकेको हुनाले अहिले सम्म व्यक्तिले नहटाएको कारणले नगरपालिकाले यो एक्सन लिएको हो ।
सोलुदुधकुण्ड नगरपालिका एक पर्यटकिय क्षेत्र भएकोले मापदण्ड विपरित बनाएको संरचनाले बजार क्षेत्रमा प्रभाव परेकोले सम्वृद्व, सफा नगर बनाउने उद्वेश्यले यो कार्य अघि बढाएको मेयर नाम्गेल जाङबु शेर्पाले बताउनु भयो ।
सदरमुकाम सल्लेरी भित्र नेपाल टेलिकम र निजी संस्थाको अनावश्यक जडान गरिएको तार समेत व्यवस्थापन गरिएको छ । यसले नगरलाई कुरुपता देखिएकोले मापदण्ड विपरित निमार्ण भएको संरचना, विजुलि तार हटाउने कार्य निरन्तरता दिने मेयरले जानकारी दिनु भयो ।

