बजेटको विपक्षमा उभिने जनमत पार्टीको निर्णय,जसपा र एसले फेरे कुरा
काठमाडौँ । सत्तारुढ जनमत पार्टीले संसद्मा छलफलमा रहेको आर्थिक वर्ष २०८०/०८१ को बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

जनमत पार्टी संसदीय दलका अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताउँदै अध्यक्ष राउतले गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने नसकिने निर्णय गरेको बताए । उनले जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टीले जस्तो समर्थन दिन नसक्ने स्पष्ट पारे ।
उता,यसअघि कुनै हालतमा बजेट पास हुन नदिने अडान राख्दै आएका नेकपा एकीकृत समाजबादी र जसपाले भने बुधबार यु टर्न गरेका छन्।छुट्टाछुट्टै बैठक गरेर उनीहरूले बजेट पारित गर्न सहयोग गर्ने निर्णय गरेका हुन्।

