पक्राउ परेको एक दिन नबित्दै थुनामुक्त भए ललितानिवास जग्गा प्रकरणका तीन आरोपी



काठमाडौं।बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा मंगलबार पक्राउ परेका ७ जनामध्ये तीन जना थुनामुक्त भएका छन् ।

यसरी छुट्नेमा मालपोत कार्यालय डिल्लीबजारमा तत्कालीन कर्मचारी कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन् । प्रहरीका अनुसार उनीहरुलाई पक्राउ नगर्न भन्दै १९ साउन २०७९ मा सर्वोच्च अदालतबाट आदेश भएको थियो ।

सीआईबीले मंगलबार दिनभर अपरेशन चलाएर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर शाहसहित ७ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्