सोलुखुम्बुमा प्रथम योङ्ग स्टार खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने



सोलुखुम्बु।योङ्ग स्टार क्लव सोलुखुम्बुले ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आज प्रेस मिटको आयोजना गरी सोलुखुम्बुमा प्रथम योङ्ग स्टार खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवले जानकारी दिएको हो ।

योङ्ग स्टार क्लवका अध्यक्ष बुद्धिनारायण श्रेष्ठको अध्यक्षतामा आयोजित प्रेस मिटमा क्लवले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताको विषयमा महासचिव मनोज श्रेष्ठले जानकारी गराउनुभएको थियो । अध्यक्ष श्रेष्ठले योङ्ग स्टार क्लवले शिक्षा, सञ्चार, विकासको क्षेत्रमा काम गरिरहेको बताउदै खेलकुदको क्षेत्रमा समेत प्रशंसनीय कामहरु गरेको स्मरण गराउनुभयो ।

पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष एवं कोशी प्रदेशका सामाजिक विकास मन्त्रीका स्वकीय सचिव नुतन श्रेष्ठले मन्त्रिपरिषद गठन भइसकेपश्चात् पहिलो निर्णय गरि सोलुखुम्बुमा व्याडमिन्टन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो ।

क्लवले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा विभिन्न पाँच विधा समावेश गरिएको छ । जसमा खुल्ला पुरुष डबल, खुल्ला महिला डबल, सोलुखुम्बु जिल्ला स्तरीय पुरुष डबल, खुल्ला भेट्रान पुरुष डबल र १५ बर्ष मुनिको पुरुष सिंगल ब्याडमिन्टन प्रतियोगिता रहेको क्लवका महासचिव मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

३ दिनसम्म चल्ने प्रतियोगिताको खुल्ला पुरुष डबल र खुल्ला महिला डबलमा प्रथम र द्वितीय हुनेलाई ३५ हजार र २० हजार नगद प्राप्त गर्नेछन् भने तृतीय हुने दुई टिमले १०÷१० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यस्तै सोलुखुम्बु जिल्ला स्तरीय पुरुष र खुल्ला भेट्रान पुरुष डबल ब्याडमिन्टनमा प्रथम र द्वितीय हुनेले २० हजार र १५ हजार नगद प्रदान गरिनेछ भने तृतीय हुने दुई टिमले ५÷५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
अण्डर फिप्टीन पुरुष सिंगल ब्याडमिन्टनका प्रथम र द्वितीयले १५ हजार र ७ हजार नगद प्राप्त गर्दा तृतीय हुने दुई जनाले ३,५००/३,५०० नगद पुरस्कार प्राप्त गर्नेछन् । सबै विधाका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र पनि प्रदान गरिनेछ ।

प्रतियोगिताको खुल्ला पुरुषतर्फ नेपाल ब्याडमिन्टन संघको र्‍यांकिङ २० भित्र पर्ने खेलाडीहरु सहभागी हुन पाउने छैनन् भने सोलुखुम्बु जिल्ला स्तरीय खेलमा प्रदेश तथा राष्ट्रिय प्रतियोगितामा भाग लिई विजयी (प्रथम, द्वितीय र तृतीय) भएका खेलाडीहरु सहभागी हुन पाउने छैनन् । सोलुखुम्बुमा हाल कार्यरत कर्मचारीहरु भने कार्यालयको सिफारिस र परिचय पत्रको आधारमा प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतियोगिताको उद्घाटन शत्रमा प्रदेश मन्त्री, सांसदका साथमा नेपाल ब्याडमिन्टन संघका पदाधिकारीहरुसमेत उपस्थित हुनेछन् । प्रतियोगिताको सबै पाँच विधामा गरि करिब २ सय खेलाडी सहभागी हुने अपेक्षा योङ्ग स्टार क्लवको छ ।

प्रतियोगितामा सहभागी सबै खेलाडीहरुलाई सहभागिताको प्रमाण पत्र र टिसर्ट प्रदान गरिनेछ । द्यध्ँ र ल्द्यब् को नियमानुसार खेलाइने खेलमा सहभागी हुन चाहने खेलाडीहरुले योङ्ग स्टार क्लवको अफिसियल फेसबुक पेज÷वेभ साइटवाट फाराम डाउनलोड गरि असार १९ गते मध्यान्न १२ बजे भित्र आयोजक समक्ष उपलब्ध गराउनु पर्नेछ । सहभागिताका लागि सिंगल तर्फ १ हजार र डबलतर्फ २ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्