नेपाल प्रेस युनियन काठमाडौंको अध्यक्षमा गौतम
काठमाडौं।नेपाल प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम निर्बाचित भएका छन्। ।

नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्बाचनमा नेपाल पत्रकार महासंघ काठमाडौंका सचिब समेत रहेका गौतमले ३१५ मत प्राप्त गरेर विजयी हुँदा उहाँका प्रतिस्पर्धी तथा नेपाल टेलिभिजनमा कार्यरत दिलिपप्रकाश कार्कीले १२९ मत प्राप्त गरेका थिए।
त्यस्तै, सचिवमा हिमाल प्रेसमा कार्यरत सन्तोष अधिकारीले २८५ मत ल्याएर विजयी भए भने नयाँपत्रिका दैनिकमा कार्यरत केशव पाण्डेले १५१ मत प्राप्त गरे ।
युनियनको जिल्ला खुला उपाध्यक्षमा रोमन आचार्य, समावेशी उपाध्यक्षमा श्रद्धा कोइराला, सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदिप कार्की सर्वसम्मत निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यमा प्रविन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्ण बहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे (डेविड), राजु थापा, प्रशन्न मुलिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान, मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल (आइशा), सिर्जना मिश्र, सकुन्तला राना मगर, प्रकृति खड्का र क्रेसिना ढकाल निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य शैलेन्द्र शर्मा गौडेलले जानकारी दिए ।

