समानुपातिक निर्वाचन प्रणाली फेर्नुपर्छ : महामन्त्री थापा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने बताएका छन्।

निर्वाचन प्रणालीकै कारण वडादेखि पालिका र प्रदेशदेखि केन्द्रसम्मै गठबन्धन गर्नुपर्ने अवस्था रहेको बताउंदै शनिबार काठमाडौं क्षेत्र नं-४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले समानुपातिक प्रणाली परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

गठबन्धन ठिक ढङ्गले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्नेकुरा नौलो नभएको बताउंदै उनले भने- ‘गठबन्धन फेर्नु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा होइन।’

उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ कि भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । सरकार छोड्न परे पनि नडराइकन कांग्रेसले एक्लाएक्लै चुनाव लड्न सक्नुपर्ने थापाकाे भनाइ छ ।

‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छाड्दिनँ भन्छ भने आज सरकार गए जाओस् भन्न नसक्ने? अरुले सरकार बनाउलान् भनेर चुनावअगाडि र पछाडि गठबन्धन गर्ने खेलले कांग्रेस बिग्रिएको उनले औंल्याए।file foto

प्रतिक्रिया दिनुहोस्