सातै प्रदेशमा हल्कादेखि मध्यम बर्षाको सम्भावना



काठमाडौं।देशको पूर्वी तथा मध्य भू-भागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा भारतकाे उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

देशका अधिकांश स्थानमा भारी वर्षा हुने भएकाेले बाढीपहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । खराब माैसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकाे महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्