सोताङमा बिब्यस र शिअसंघका पदाधिकारीका लागि आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीका लागि सोताङ गाउँपालिकामा आयोजित दुई दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

रीड नेपालको आयोजना तथा सोताङ गाउँपालिकाको सहकार्य तथा समन्वयमा बुधबार सुरु भएर बिहिवार सम्पन्न तालिममा गाउँपालिका भित्र रहेका २० विद्यालयका ४७ जना पदाधिकारीको सहभागिता रहेको थियो।

गाउँपालिका अध्यक्ष खिलराज बस्नेतद्वारा उद्घाटित तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास अधिकृत सरद गौतम र स्थानीय स्रोत शिक्षक बासु राईले गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्