दनाई फार्म शिखर एग्रिकल्चर अवार्डका लागि छनौट



काठमाडौं । हालै सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०८० मा गाई भैसी तथा चौरी बिद्या तर्फबाट सर्वोत्कृष्ट एग्रिकल्चर अवार्ड भण्डारा चितवनमा अवस्थित ‘दनाई गाई पालन ब्यवसायिक फार्म’ले प्राप्त गरेको छ ।

२०७२ सालमा स्थापित फार्ममा करिब २०० वटा गाई रहेको छ भने ९ जनालाई रोजगारी दिदै आइरहेको छ । करिब १२ बिगाह जमिनमा उन्नत जातका गाईको लागि घाँसको समेत प्रबन्ध गरिएको छ । दैनिक ५५० लिटर दुग्ध उत्पादन हुने सो फार्मबाट वार्षिक झण्डै एक करोडको आम्दानी हुने गरेको छ ।

फार्मका सञ्चालक नेत्रमणी दनाई तथा निलकान्त दनाई दाजु भाईको लगानीबाट सुरुवात भएको गाई फार्मले नेपाललाई दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन ठूलो योगदान गरेको छ । कृषि उद्यम मार्फत राम्रो आयआर्जन गर्न सक्ने सम्भावनालाई दनाई गाई पालन ब्यवसायिक फार्मले प्रमाणित गरेको छ ।

नेपालमा हालै सम्पन्न तेश्रो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड पछि क्यानडाको नागराफल्समा आगामी असोज २४ गते अक्टोवर ११ तारिखमा सम्पन्न हुन गैरहेको चौथो राष्ट्रिय शिखर एग्रिकल्चर अवार्ड २०२३ मा समेत सो फार्म छनौंटमा परेको कुरा आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्