नेपाल प्रेस युनियन सोलुखुम्बुको तेश्रो अधिवेशन सम्पन्न




सोलुखुम्बु।नेपाल प्रेस युनियन सोलुखुम्बुको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापतिसमेत रहेका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न मंगलबार सम्पन्न अधिबेशनले अध्यक्षमा पुनः सन्तोष राउतलाई नै सर्बसम्मत चयन गरेको निर्वाचन अधिकृत उद्धव कुमार शर्माले जानकारी दिए।

शर्माका अनुसार तेर्‍ह सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्ष खुल्लामा दिपेन्द्र पराजुली र गोमा बस्नेत, सचिवमा रमन बन, सहसचिवमा सलिना लामिछाने, कोषाध्यक्षमा दिपेन्द्र खनाल, सर्वसम्मत भएका छन् ।सदस्यहरुमा सोनी राई, अशोक राई ललित कार्की, झलक राई, कृष्ण मगर,अर्जुन मण्डल र सुनिल गुरुङ चयन भएको जनाइएको छ।

अधिबेशनको उद्घाटन सत्रलाई प्रमुख अतिथि शेर्पा,बिशिस्ट अतिथि जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य भानुभक्त निरौला,नेपाल पत्रकार महासंघ सोलुखुम्बुका सचिब डीबी खालिङ,प्रेस युनियन कोशी प्रदेश सदस्य जीवन फुयाल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

नवगठित कार्यसमितिको कार्यकाल ३ वर्षको हुने छ।फोटो: (सामाजिक सञ्जाल)

प्रतिक्रिया दिनुहोस्