नेसपालाई समाजबादी मोर्चामा समेट्ने ४ दलको योजना असफल



काठमाडौं।माओवादी केन्द्रसहित ४ दलले आज (सोमबार) घोषणा गर्ने भनिएको समाजवादी मोर्चामा डा. बाबुराम भट्टराईलाई समेट्ने नेताहरुको योजना असफल भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंगको भेटमा नेपाल समाजबादीका अध्यक्षसमेत रहेका भट्टराईले तत्काल मोर्चा घोषणामा असहमति जनाएपछि आज ४ दल सम्मीलित मोर्चा घोषणा गर्न लागिएको हो।भेटका क्रममा भट्टराईले प्रचण्डसंग समाजबादी मोर्चा घोषणाका लागि हतार गर्नु नहुने बताएका थिए। घोषणा गर्ने भएका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मेलिन मोर्चा घोषणा हुन लागेको हो। सोमबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा एक कार्यक्रममार्फत् मोर्चा घोषणा गरिने नेताहरुले जनाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको नेताहरुको बैठकले सोमबार मोर्चा घोषणा गर्ने सहमति गरेको थियो।

आइतबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रबिक्रम चन्द भने मोर्चा निर्माण गर्न सहमत भएका थिए। मोर्चा घोषणाबारे छलफल भएको थियो।नेताहरुले गरेको सहमति अनुसार सोमबार मोर्चा घोषणा गर्ने तयारी गरिएको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सुरुमा नीतिगत सहमति मात्र घोषणा गर्ने तयारी छ।

नेताहरूबीच भएको सहमतिअनुसार, मोर्चाको नेतृत्व आलोपालो गर्ने तय भएको छ। तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्