फुदोर्जी शेर्पालाई नेपाली कांग्रेस सोलुखुम्बुको प्रशिक्षण प्रमुखको जिम्मेवारी



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बका सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीको प्रशिक्षण प्रमुखको जिम्मेवारी फुदोर्जी शेर्पालाई दिनुभएको छ।

सभापति शेर्पाले नेपाली कांग्रेसको नियमावली २०७६ को दफा ३२ को उपदफा ३ बमोजिम गठन हुने जिल्ला प्रशिक्षण शाखा प्रमुखमा जिल्ला कार्यसमिति सोलुखुम्बुका उपसभापति शेर्पालाई आइतबार सो जिम्मेवारी प्रदान गर्नुभएको हो।

सो दफामा जिल्ला सभापतिले तोकेको जिल्ला कार्यसमितिको उपसभापति प्रशिक्षण शाखा प्रमुख हुने ब्यबस्था रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्