विद्यालयमा आफ्नो संगठनले लगाएको ताला फोरेको भन्दै बालेनबिरुद्द अखिल क्रान्तिकारीको आन्दोलन !



काठमाडौं।आफ्नो संगठनले विभिन्न विद्यालयमा लगाएको ताला तोडेको भन्दै सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध आन्दोलन गर्ने भएको छ।

संगठनका केन्द्रीय सचिव प्रशुन कार्कीले मेयर बालेनले शैक्षिक माफियाहरुसँग साँठगाठ गरेर आफ्नो संगठनसँग द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी केही ठूला शैक्षिक संस्थाहरूको कमिसन लिएर मेयर साहले प्रहरी लगाएर ताला खोलेको उनको आरोप छ ।

उनले भने,‘खबरदार बालेन्द्र राजासँग नडराएको क्रान्तिकारी कमजोर छैन तिमीले ठुलो मूल्य चुकाउनु पर्छ ।’

स्मरणीय छ, विद्यालय शान्ति क्षेत्र भन्दै बालेनले विद्यालयहरुमा राजनीति गर्न नदिने बताउंदै आएका छन्।सोही क्रममा उनले अनेरास्ववियु क्रान्तिकारीले बिद्यालयमा लगाएको ताला फोड्न लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्