कार्की २० दिने प्रधानन्यायाधीश बन्ने पक्का, संसदीय सुनुवाइ समितिले गर्‍यो अनुमोदन



काठमाडौँ ।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की प्रधानन्यायाधीश बन्ने पक्का भएको छ। संसदीय सुनुवाइ समितिले शुक्रबार बिहान कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मतिले अनुमोदन गरेसंगै वहाँ प्रधानन्यायाधीश बन्ने पक्का भएको हो।

कार्कीले बीस दिन सर्वोच्च अदालतमा नेतृत्व सम्हाल्ने छन् । उनी महिना कायममुकायम भएर सर्वोच्चको नेतृत्व गरेका हुन् । साउन २० गते अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रधानन्यायाधीशहरु अनिवार्य अवकाशमा जानुअघि एक महिना घरबिदामा बस्ने चलन छ ।

समितिले बिहीबार र शुक्रबार प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीसँग कार्ययोजना लिने र प्रश्नोत्तर गरेको थियो । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीशसहितका २९ वटा उजुरी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्