घरायसी विवादमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने खोटाङका एक ब्यक्ति पक्राउ



खोटाङ। आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले दिक्तेल रुपाकोट मझुवा गढीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही नगरपालिका ६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका ७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बाल जीत राई छन्।

२८ वर्षीया श्रीमती सरिता तामाङको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बाल जीत फरार रहेको भन्ने खबर प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गरी आरोपित विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्