सिन्धुलीको दुधौलीमा दहमा डुबिरहेको अवस्थामा एक बालक मृत फेला



सिन्धुली।सिन्धुलीमा एक बालक मृत फेला परेका छन्।

काभ्रे घर भइ दुधौली नगरपालिका वडा नं-१ मामा घरमा बस्दै आएका अन्दाजी ५/६ बर्षीय मनिश भुझेल मृत अवस्थामा फेला परेका हुन्।मामाघर भन्दा झन्डै २०० मिटर पूर्ब बिचित्र खोलाको ढुंग्रे दहमा भुजेलको लास घोप्टो अवस्थामा फेला परेको सिन्धुली प्रहरीले जनाएको छ।

एक महिना यता देखि मामा रमेश परियारको घरमा बस्दै आएका ती बालक बुधबार ४ बजेदेखि हराएका थिए।अबेर सम्म नफर्किएपछि खोजतलासका क्रममा स्थानीयले सो लास ढुंग्रेदहमा फेला पारेका थिए।

स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली उक्त लास पानी बाहिर निकालेको प्रहरीले जनाएको छ। (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्