प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु हुँदै,खर्च कटौतीका ३८ प्रस्ताव दर्ता



काठमाडौं।प्रतिनिधिसभामा बिहीबारदेखि ‘विनियोजन विधेयक २०८०’ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल सुरु हुने भएको छ।बिहान ११ बजे सुरु हुने बैठकमा विभिन्न ४ मन्त्रालयको बजेटमाथि दलीय आधारमा सांसदहरुले आफ्नो धारणा राख्ने संघीय संसद सचिवालयले जनाएको छ।

वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद र शहरी विकास मन्त्रालयको बजेटमाथि छलफल सुरु हुने भएको हो।

छलफल भइसकेपछि सांसदहरुले ल्याएका खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। यसअघि दिइएको ४८ घण्टाको समयावधिभित्र ३२ वटा खर्च कटौतीको प्रस्ताव पेश गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका दलले बुधबार बेलुकीसम्म खर्च कटौतीको प्रस्ताव पेश गरिसकेको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन्।

अब बिहीबारदेखि सबै मन्त्रालयमा विनियोजन भएको बजेटको शीर्षकमाथि खर्च कटौतीको प्रस्तावसहित छलफल सुरु हुने र अन्त्यमा सम्बन्धित मन्त्रीले जवाफ दिने उनले बताए।
file foto

प्रतिक्रिया दिनुहोस्