तीर्थयात्री चढेको कार दुर्घटना हुंदा प्युठानमा आठ जनाको मृत्यु
काठमाडौं।प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको कार दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानकाका अनुसार लु १ च ६३४५ नम्बर को ८ जना सवार कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्ग्रीमा सडकबाट तल खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्।
दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो ।
यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ ।
तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको बताइएको छ ।गाडीमै च्यापिएका सबैलाई डोजरको प्रयोग गरी निकालिएको थियो ।

