बजेट प्रणालीमा सुधार आवश्यक : गगन थापा



काठमाडौं।नेपाली कांगेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगन कुमार थापाले बजेट प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सके मात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको तर्क छ ।

करका दर परिवर्तन गर्न राजस्व बोर्ड गठन गर्नुपर्ने बताउंदै उनले संसदीय ब्यबस्थामा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुनेगरी अघि बढनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्