प्रधानमन्त्री प्रचण्डद्वारा पशुपति क्षेत्रको अवलोकन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले आज साँझ पशुपति क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गर्नुभएको थियो । उहाँलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गर्न सके धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न सकिने बताउनुभयो।प्रधानमन्त्रीसंगै अवलोकनका लागि अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि पशुपति पुग्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्