बूढानीलकण्ठमा पहिलाे स्काउट आधारभूत तालिम सम्पन



काठमाडौं।बुढानिलकण्ठमा पहिलाे पटक स्काउट आधारभूत तालिम अन्तर्गत 538ओं BTC र 396 ओं PTC तालिम सम्पन्न भएकाे छ ।

BTC काेर्ष लिडर सुरज खनाल र सहायक काेर्ष लिडर केशररत्न बज्राचार्य तथा PTC काेर्ष लिडर मबिला खड्का र सहायक काेर्ष लिडर अस्मिता श्रेष्ठकाे कुशल नेतृत्वमा सञ्चालित उक्त तालिम नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय बुढानीलकण्ठकाे व्यबस्थापन र बुढानीलकण्ठ नगरपालिकाकाे आयोजनामा जेष्ठ १६ गते सुरु भएर २१ गते सम्पन्न भएको हो

नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिका संयाेजक लाेक बहादुर भण्डारीकाे प्रमुख आतिथ्यता र नेपाल स्काउट, बागमती प्रदेश संयोजक शिवराम अर्यालको बिशिष्ट आतिथ्यतामा सम्पन्न समापन समाराेहमा सहभागीहरू महिला २१ र पुरूष ३५ गरी ५६ जनाको सहभागिता थियो। सहभागीहरुलाई तालिम सफलताकाे प्रमाणपत्र वितरण गर्नु हुँदै प्रमुख अतिथि भण्डारीले देशका सम्पूर्ण स्थानीय पालिकाहरूलाई स्काउटकाे स्वामित्व दिने कार्यले स्काउटिङ्ग मार्फत शैक्षिक, सामाजिक एवम् साँस्कृतिक बिकास तीब्र हुँदै गएकाे तथ्य प्रस्तुत गर्नुभयाे ।

कार्यक्रमका विशिष्ट अतिथि शिबराम अर्यालले स्काउटिङ्ग एउटा जीवनाेपयाेगी शिक्षा भएकाेले अवकाे शिक्षामा यसकाे महत्व अझै बढ्दै जाने बताउनुभयो । काेर्ष लिडरले तालिमको बिषयमा प्रस्तुत गर्नुभएकाे उक्त समाराेहमा सहभागीहरूकाे प्रतिनिधित्व गर्दै महिला सहभागी बिमला बानिया र पुरूष सहभागी श्री चित्र कुमार दाहालले तालिम अनुभव सुनाउनुभएको थियो।

स्काउटर इन्द्रमणि दाहालले सञ्चालन गर्नु भएको कार्यक्रम सभापतित्व स्थानीय स्काउट संयाेजक गंगालाल महर्जन( प्रनेल) ले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्