सामाजिक बिकासमन्त्री राजभण्डारीलाई पर्यटन,बन तथा वातावरण मन्त्रालयको पनि जिम्मेवारी
सोलुखुम्बु।कोशी प्रदेशका सामाजिक बिकासमन्त्री बुद्धिकुमार राजभण्डारीले पर्यटन,बन तथा वातावरण मन्त्रालयको थप जिम्मेवारी समेत पाएका छन्।

नेकपा माओवादी केन्द्रको तर्फबाट सरकारमा सहभागी मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले सो मन्त्रालयको समेत कार्यभार सामाजिक बिकासमन्त्री राजभण्डारीलाई दिएका हुन्।
यसैगरी माओवादी केन्द्रकै अर्का नेता दुर्गा प्रसाद चापागाईंले सम्हालेको भौतिक पूर्बाधार मन्त्रालयको जिम्मेवारी भक्तिप्रसाद सिटौलाले पाएका छन्।उनी राप्रपाका तर्फबाट मन्त्री नियुक्त भएका थिए।उनले कृषि तथा सहकारी मन्त्रालय सम्हाल्दै आएका छन्।
चापागाईंले पनि मंगलबार मन्त्री पदबाट राजीनामा दिएका थिए।

