प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित,प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने ओलीको घोषणा
काठमाडौँ।प्रतिपक्ष दलहरुको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको भोलि बस्ने भएको छ । संसद सचिवालयका सचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सोमबार ११ बजे बस्ने बताएका छन् ।

आजको बैठकमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।
यसबीच, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछिको ज्ञोरेन्टीपछि मात्र संसद्को अवरोध हट्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता ओलीले तत्कालै संसद अवरोध नहट्ने बताएका हुन् । एमालेसहित विपक्षी दलहरूले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा दिएका अभिव्यक्ति राष्ट्रहितविपरित भएको आरोप लगाउँदै संघीय संसदको बैठक अवरोध गरेका छन् ।
‘राष्ट्रको रक्षा, संविधानको रक्षा,भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा, नेपालको समग्र हितको रक्षापछि संसद् अवरुद्ध हट्छ,’ ओलीले भने ।
भारत भ्रमणका क्रममा बंगलादेशको फूलबारी बन्दरगाहसम्म पुग्ने बाटोसँग लिम्पियाधुरा–लिपुलेकसहितको नेपाली भूभाग साटफेर गर्न सकिने भनेर अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेको छ। प्रधानमन्त्रीले माफी नमागेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन् ।

