सरकारले ल्यायो १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट
काठमाडौं।आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ।

सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित ल्याएको बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएको छ ।बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बजेटको उद्देश्य र प्राथमिकता प्रस्तुत गरेका छन् ।
अर्थतन्त्रलाई गतिशील बनाई फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासि गर्न गुणस्तरीय सामाजिक विकास, सुरक्षा र न्याय प्रत्याभूत गर्ने,लगानीमैत्री वातावरण निर्माण गरी निजीक्षेत्रको मनोबल उच्च पार्ने,आय तथा रोजगारीका अवसर, सिर्जना गरी गरिबी न्यूनीकरण गर्ने समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,संघीयताको सवलीकरण र सुशासन कायम गर्ने,बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने बजेटको उदेश्य रहेको बताउंदै अर्थमन्त्री महतले कृषि ,ऊर्जा र पर्यटन क्षेत्रको विकास,लगानी प्रवर्द्धन, औद्योगिक विकास र व्यापार सन्तुल,सामाजिक क्षेत्रको विकास र सामाजिक सुरक्षा,गुणस्तरीय भौतिक निर्माण, पूर्वाधार निर्माण,डिजिटल र हरित अर्थतन्त्रको प्रवर्द्धन,वातावरण संरक्षण जलवायु परिवर्तन र विपद् व्यवस्थापन,मानव संशाधन विकास र रोजगारी सिर्जना,वित्तीय क्षेत्र सुधार वित्तीय संघीयताको सुदृढीकरण र सेवा प्रवाहमा सुधार र सार्वजनिक वित्त प्रणालीमा सुधार बजेटको प्राथमिकता भएको उल्लेख गरेका छन् ।

