एमाले अध्यक्ष ओलीले गरे बाढी प्रभावित गल्छी र बेलकोटगढी क्षेत्रको अवलोकन



काठमाडौं,१९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित धादिङको गल्छी क्षेत्रको अवलोकन गरेका छन् ।

बुधबार गल्छी पुगेका ओलीले बाढीबाट प्रभावित नागरिकसँग भेट गरी उनीहरूका गुनासा सुनेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट, ओएनएफलगायतका संगठनले उद्धार तथा राहतका काम गरिरहेका छन्।

ओलीले नुवाकोटको बेलकोटगढीका विभिन्न स्थानको समेत अवलोकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्