सोलुखुम्बुको सोताङमा पहिचान पक्षधरले निकाले रांके जुलुस
सोलुखुम्बु।जिल्लाको सोताङ गाउँपालिकामा पहिचान पक्षधर समूहले राँके जुलुस निकालेको छ।

‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै पुनः नामाङ्कन गर्न गठित संयुक्त संघर्ष समितिको अगुवाईमा शुक्रबार सांझ राँके जुलुस निकालिएको हो।
पूर्वका विभिन्न जिल्लामा संघर्षका कार्यक्रमअन्तर्गत राँके जुलुस प्रदर्शन गरिएको पहिचानवादी नेता कार्यकर्ताले जनाएका छन्।
गत फागुन १७ गते प्रदेश १ लाई ‘कोशी प्रदेश’ नामकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय संघठनहरु विरोधमा उत्रिएका हुन्।प्रदेशको नामाकरण पहिचानका आधारमा राखिनुपर्ने माग उनीहरूको छ।

