मन्त्रिपरिषद्‍ले खारेज गर्‍यो सुराकी परिचालन खर्च



काठमाडौँ। गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा खर्च गर्न पाउने प्रावधान खारेज भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले विगत ३२ वर्षदेखि मन्त्री र सचिवले सूत्र र सुराकी परिचालनका नाममा खर्च गर्न पाउने अधिकार खारेज गरेको हो ।२०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटबारी देखाउन नपर्ने गरी मनोमानी रुपमा रकम बुझ्दै आएका थिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कार्यविधि खारेज गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पेश गरेका थिए। यसअघि गृहमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा गृहमन्त्री श्रेष्ठले सुराकी खर्चको व्यवस्था खारेज गर्ने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्