बारा-२ मा उपेन्द्रकै पछि लागे सत्ता गठबन्धनका ठुला दल



काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव बारा क्षेत्र नं-२ बाट गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन्।नेता राजेन्द्र महतोलाई उम्मेदवार बनाउने निर्णयबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पछि हटेपछि यादव गठबन्धनका साझा उम्मेदवार बनेका हुन । बारा–२ मा हुने उपनिर्वाचनमा यादवलाई सहयोग गर्ने निर्णय लोसपाले आज गरेको हो।

आजै बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि सो निर्बाचन क्षेत्रमा यादवलाई नै समर्थन गर्ने निर्णय गरेको थियो भने नेकपा माओवादी केन्द्रले यस अघि नै उनलाई सहयोग गर्ने निर्णय गरेको हो।

गठबन्धनमा आवद्ध जनमत पार्टीले भने सो क्षेत्रमा नेकपा माओवादी केन्द्र परित्याग गरि हालै मात्र पार्टी प्रवेश गरेका शिबचन्द्र कुशहवा उम्मेदवार बनाउंदै छ।

प्रतिक्रिया दिनुहोस्