पौडेल राष्ट्रपति भएपछि कांग्रेसले गर्‍यो गोबिन्दराज माथिको कारबाही फुकुवा



काठमाडौं। नेपाली कांग्रेसले तनहुँमा रामचन्द्र पौडेलका प्रतिस्पर्धी नेत पूर्वमन्त्री गोविन्दराज जोशी लगायतका नेताहरुमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार) सानेपामा बसेको बैठकले २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । मंसिर ४ गतेको निर्वाचनमा तनहुँ–१ मा स्वतन्त्र उम्मेदवार बनेका थिए । तर, प्रतिस्पर्धी पौडेल निर्बाचित भए।उनी हाल राष्ट्रपति छन् ।

यस्तै, चितवनका पूर्व जिल्ला सभापति बिकास कोइरालामाथिको कारबाही पनि फुकुवा गरिएको छ।

यसैगरी,नेपाली कांग्रेसले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय पनि गरेको छ।आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको छ । बैठकले बारा–२ मा यादवलाई समर्थन गर्दै चितवन–२ र तनहुँ–१ मा पनि गठबन्धनबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा श्रेष्ठ र भट्टराईलाई समर्थन जुटाउने कांग्रेसले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्