सरकार बिस्तारको तयारी भइ रँहदा खानेपानी मन्त्री खाँनले दिए राजीनामा



काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले लामो कसरतपछि मन्त्री मण्डल बिस्तारको तयारी गरिरहँदा सत्तागठबन्धनकारी दल जनमत पार्टी सरकारबाट बाहिरिएको छ।

जनमत पार्टीका एकमात्र मन्त्री अब्दुल खान पदबाट राजीनामा दिएर शुक्रबार सरकारबाट बाहिरिएका हुन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय पाइनेमा विश्वस्त रहे पनि उक्त मन्त्रालय नदिइएपछि शुक्रबार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।

जनमत पार्टी कार्यालयका अनुसार पार्टी अध्यक्ष सिके राउतको निर्देशन अनुसार मन्त्री खान राजीनामा दिएको बताईएको छ। जनमत पार्टीले सुरुदेखि नै खानेपानी मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै आएका थिए। तर मन्त्रिपरिषद् विस्तारको क्रममा समेत उद्योग मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको हो।

प्रतिक्रिया दिनुहोस्