थुलुङ दुधकोशीमा एमालेको ‘मिसन ग्रासरुट अभियान’ : सरसफाइमा आफैं खटिए केन्द्रीय प्रतिनिधि लामा



सोलुखुम्बु।नेकपा एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’ का क्रममा थुलुङ दुधकोशी गाउँपालिकाको वडा न- ९ लोखिममा सरसफाइ तथा फोहोर मैला ब्यबस्थापन गरिएको छ।

अभियानका केन्द्रीय प्रतिनिधि तथा नेकपा एमाले कोशी प्रदेश कमिटीका सह-सचिव शैलेश लामाको नेतृत्वमा बिहिवार लोखिम स्वास्थ्य चौकी र जनता माबि परिसरमा सरसफाइ गरिनुका साथै फोहोर ब्यबस्थापन समेत गरिएको हो।

त्यसक्रममा केन्द्रीय प्रतिनिधि लामाले एमाले कार्यकर्ताहरु बिशुद्द राजनीतिमा मात्र केन्द्रित नभई समाजका लागि उदाहरणीय र मार्गदर्शक बन्नुपर्ने बताए।बिहिबारै सो वडामा मिसन ग्रासरुट अभियान अन्तर्गत एमालेले ९ नं वडास्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको थियो।

केन्द्रीय प्रतिनिधि लामाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिल्ला कमिटी सदस्यत्रय श्याम राई, पार्बती राई र सोमकुमार तामाङ, गाउँपालिका कमिटी इन्चार्ज उदय नारायण बस्नेत तथा अध्यक्ष भूपालसिं राई लगायत स्थानीय कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। थुलुङ दुधकोशीमा एमालेले १३ गतेदेखि वडास्तरीय मिसन ग्रासरुट अभियान सञ्चालन गरेको पालिका कमिटी अध्यक्ष राईले जानकारी दिए।

अध्यक्ष राईका अनुसार १३ गते वडा नं १,१४ गते वडा नं २,१५ गते वडा नं ४ र ५ र आज १६ गते वडा न ९ मा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ। यसैगरी, १७ गते वडा नं ३,१८ वडा नं ८,१९ गते वडा नं ७ र २० गते वडा नं ६ मा अभियान सञ्चालन गरेपछि २५ गते पालिकास्तरीय समिक्षा बैठक आयोजना गरिने अध्यक्ष राईले बताए।

प्रतिक्रिया दिनुहोस्