टुंगियो भागबन्डा, कुन दललाई कुन मन्त्रालय?
काठमाडौं। सत्ता गठबन्धन आबद्ध दलहरुले सरकार बिस्तारका लागि मन्त्रालयको भागबण्डा टुङ्ग्याएका छन।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिवार बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको नेताहरुले बताएका छन्।

सत्ता गठबन्धनको प्रमखु घटक नेपाली कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाएको छ।
यस्तै, नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्रीसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो।
नेकपा (एकीकृत समाजवादी)ले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउँदा नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको हो।
बुधबार बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई ८, माओवादीलाई प्रधानमन्त्रीसहित ५, जसपा र एसलाई २, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र अरुलाई १/१ मन्त्रालय दिने सहमति भएको थियो।(फाइल फोटो)

