सत्तारूढ गठबन्धनमा मन्त्रालय भागबण्डाको सहमति,रास्वपा अटाएन



काठमाडौ।लामो समयको रस्साकस्सीपछी सत्तागठबन्धन सरकार विस्तारका लागि मन्त्रालय बांडफांडमा सहमति जुटेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो । बैठकमा कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय र नेसपालाई १ मन्त्रालय दिनेमा सहमति जुटेको बताईएको छ । सरकारलाई सहयोग गरेको रास्वपालाई भने मन्त्रालय भागबन्डा गरिएको छैन।

नयाँ मन्त्रीहरुको शपथ बिहीबार गराउने तयारी गरिएको छ । दोस्रोपटक संसद्को विश्वास प्राप्त गरेपछि प्रधानमन्त्री प्रचण्डले चैत १० गतेसम्ममा मन्त्रीपरिषद् विस्तार हुने बताएका थिए । तर, मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्