फेरि बढ्यो कोरोना संक्रमण, रुघाखोकी भनेर वेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं।कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले यसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन सबैलाई आग्रह गरेको छ ।

नेपालमा हिजो एकै दिन एक हजार चार सय २९ मा कोरोना परीक्षण गर्दा २४ जनामा पुष्टि भएको थियो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या ७८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ ।

भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्