मन्त्रालय भागबण्डाबारे आज पनि जुटेन गठबन्धनमा सहमति
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठक भोलि बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ।

मन्त्रालय भागबन्डा लगाउन बसेको बैठकले सहमति जुटाउन नसकेसँगै बुधबार बिहान पुनः ९ बजे बस्ने गरि मंगलबारको बैठक स्थगित गरिएको हो।बुधबारको बैठकले भने मन्त्रालय भागबन्डा लगाउने भनिएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी रहेको बताईएको छ।
यस्तै आजको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रस्तुत गरिएको छ।श्रोतका अनुसार आजको बैठकमा नेपाली कांग्रेसले ९, एकीकृत समाजवादी र जसपाले तीन/तीन र लोसपाले दुई मन्त्रालयमा दाबी गरेका छन्।बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी भने सहभागी भएको थिएन।

