थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष राइद्वारा एकैदिन दुई योजनाको शिलान्यास
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका वडा नं. ७ मा दुईवटा योजनाको शिलान्यास गरिएको छ ।

मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईले नाम्से आधारभुत विद्यालय भवन र लुम्लाय–खिलु सडकको शिलान्यास गर्नुभएको पालिका प्रवक्ता तथा वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।
नाम्से आधारभुत विद्यालय भवन निर्माणको लागि अहिलेलाई १५ लाख बजेट व्यवस्था गरिएको छ । उक्त बजेट बाट पाँच कोठे भवन निर्माण कार्य सूरु हुने वडा नं. ७ देउसाले जनाएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै गाउँपालिका अध्यक्ष असिम राईले कार्य पुरा गर्नको लागि बजेट अपुग भएमा गाउँपालिकाले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गुणस्तरीय शिक्षा र भौतिक पुर्वाधारलाइ समेत गाउँपालिकाले उत्तिकै प्राथमिकतामा राखेर काम गरिहेको भन्दै अध्यक्ष राईले सोही अनुसार काम गर्न सबैपक्षलाई निर्देशन दिनुभयो ।
विद्यालय भवन निर्माण हुने भएपछि स्थानीय नागरिक हर्षित भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिराम नेपालीले खुसी व्यक्त गर्दै बजेट व्यवस्था गरेकोप्रति जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गुर्नयभो ।
यसैबीच, लुम्लाय–खिलु सडक सिलान्यास गर्दै गाउँपालिका अध्यक्ष असिम राईले गुणस्तरीय सडक निर्माणमा ध्यान दिन आग्रह गर्नुभयो । गाउँपालिका भित्रको सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरि स्तरोन्नती गर्ने र नयाँ टोलमा आवश्यकतालाई ध्यान दिदै सडक पुर्याउने कार्य भईरहेको अध्यक्ष राईले बताउँनुभयो ।
त्यस क्षेत्रका उपभोक्ताले लामो समय देखिको माग पुरा भएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । सडक निर्माण पछि जेष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई विशेष राहत पुग्ने देउदाम टोल विकास संस्थाका अध्यक्ष मिसन राईले बताउँनुभयो । स्थानीयको आवश्यकता अनुसारको विकास कार्य भईरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो।

