आज स्वबियु निर्बाचन हुँदै, बिहान ८ देखि ४ बजेसम्म मतदान



काठमाडौ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुँदैछ ।

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो। साठी आंगिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा करिब १४ वर्षपछि निर्वाचन हुन लागेको हाे।

निर्वाचनको मतदान बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि निर्धारण गरिएको छ।

निर्वाचनमा अहिलेसम्म दुई आंगिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छ।

प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्