सोताङका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमलाई पहिलो प्राथमिकता: अध्यक्ष बस्नेत
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले आफ्नो पहिलो प्राथमिकता सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लागुगर्ने बताएका छन।

पालिकाको ५ वर्षे शिक्षा योजना निर्माण कार्यशालाको समापन समारोहमा बोल्दै अध्यक्ष बस्नेतले उक्त कुरा बताएका हुन् ।अहिलेको अभिभावकको लाई सम्बोधन गर्नै पर्ने भएकोले अभिभावकको चाहना अनुसार आफुले अंग्रेजी माध्यमलाई नै उच्च प्राथमिकतामा राखेको र उक्त कार्यक्रमका लागि पालिकाको तर्फबाट सम्पूर्ण लगानी गर्न तयार रहेको बताउनु भयो।आफुले शिक्षा योजना निर्माणका लागि विभिन्न प्रयास गरेता पनि विभिन्न कारण निर्माणमा ढिलाई भएको भन्दै रीड नेपाल ले सहयोग गरेरारा आफुलाई ढुंगा खोज्दा देउता मिले झैँ भएको भन्दै रीड नेपाललाई धन्यवाद दिए।
कार्यक्रममा रीड नेपालको तर्फबाट धन्यवाद ज्ञापन गर्दै शिक्षा विकास संयोजक केशवदेव गिरीले शिक्षा क्षेत्र योजना निर्माण गर्ने जिम्मेवारी पालिकाको नै भएता पनि त्यसलाई रीड नेपालले प्राविधिक सहयोग मात्र गरेको बताए। शिक्षा सुधारमा योजना महत्त्वपूर्ण हुने बनाउदै यस योजनाले पालिकाको शैक्षिक गुणस्तर सुधार हुने विश्वास व्यक्त गरे।
गाउँपालिकाको आयोजना तथा रीड नेपालको सहकार्य तथा प्राविधिक सहयोगमा संचालित ३ दिने कार्यशामा गाउँपालिका उपाध्यक्ष अन्जु नाछिरिङ, ५ ओटा वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको कार्यापालिकामा उअपस्थिति रहेको थियो।
कार्यशालाको सहजीकरण पूर्व शिक्षा सह सचिव निरा शाक्य, नेपाल सरकारका उप सचिव रेवती प्रसाद पराजुली तथा पाठ्यक्रम विज्ञ खिलनारायण श्रेष्ठ लगायत रीड नेपालका प्रशिक्षकहरुले गर्नु भएको छ योजना निर्माणका विभिन्न चरण पार गर्दै फाइनल ड्राफ्ट असार १० भित्र पालिकामा पेश गर्ने गरि कार्यशालाले कार्य योजना समेत तयार गरिएको रीड नेपालका शिक्षा विकास सयोजक केशव देव गिरीले जानकारी दिए i

