बिपी संस्कृत विद्यापीठमा अखिल र क्रान्तिकारीको संयुक्त प्यानलका सभापति र दुई सदस्य निर्बिरोध
सोलुखुम्बु।बिश्वेस्वरप्रसाद कोइराला संस्कृत विद्यापीठ नेचासल्यानमा स्वबियु सभापतिसहित दुई जना सदस्य निर्बिरोध निर्बाचित भएका छन्।

चैत ५ गते हुने स्वबियु निर्बाचनका लागि नेबिसंघको तर्फबाट उम्मेदवारी दर्ता गराएका तीन जनाको उम्मेदवारी खारेज भएसंगै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलका सभापतिका उम्मेदवार मोहन बस्नेतसहित सदस्यका उम्मेदवारहरु गंगा निरौला र पबित्रा बर्देवा निर्बिरोध निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ।
दावी बिरोधको समयमा परेका उजुरीमाथि छानिबिन गर्दा नेपाल विद्यार्थी संघको तर्फबाट सभापतिका उम्मेदवार बनेका केशर राई र सदस्यका उम्मेदवारद्वय रमिला कार्की र गंगा भुजेल टिकाकुमारी उम्मेदवारी रद्द भएको निर्बाचन अधिकृत राजु बस्नेत र सदस्य सचिब लोकेन्द्र राउतले बताए।
७ सदस्यीय स्वबियुमा अब सचिब र कोषाध्यक्षमा प्रतिस्पर्धा हुनेछ भने दुई सदस्य समानुपातिकतर्फबाट छानिने छन्।सचिबमा अनेरास्ववियुको संयुक्त प्यानलबाट सबिता गौतम र नेबिसंघबाट ज्ञानुमैंया आचार्य तथा कोषाध्यक्षमा संयुक्त प्यानलबाट जमुना निरौला र टीका कुमारी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ।

