राष्ट्रपतिका रूपमा शितलनिबासमा पौडेलको औपचारिक ‘इन्ट्री’



काठमाडौ।रास्ट्रपतिमा फागुन २५ गते निर्बाचित भएका रामचन्द्र पौडेलले आजबाट शितलनिबासमा औपचारिक इन्ट्री गरेका छन्नि निबर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक बिदाई र पौडेलले राष्ट्रपति पदको गोपनीयताको शपथ लिएसंगै शितल निबासमा उनको औपचारिक प्रवेश भएको हो।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार दिउँसो आयोजित विशेष समारोहमामा पौडेलले शपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन्।

शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।सो अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। साथै, नेपाली सेनाको एक टुकडीले निवर्तमान राष्ट्रपति भण्डारीलाई बिदाईका क्रममा सलामी अर्पण गरेको छ।

निवर्तमान राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिदाईका क्रममा सरकारका तर्फबाट मायाको चिनो प्रदान गरे। सोबारदेखि नै राष्ट्रपति पौडेलले राष्ट्राध्यक्षको रुपमा काम गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्