उपराष्ट्रपतिको दौडबाट बाहिरिइन प्रमिला
काठमाडौं।जनता समाजवादी पार्टी (जसपा) की सांसद प्रमिलाकुमारी यादवले उपराष्ट्रपतिको चुनावमा उम्मेदवारी फिर्ता लिंदै रामसहाय यादवलाई सघाउने पनि घोषणा गरेकी छन् ।

आज साेमवार एक प्रेस विज्ञप्ति निकालेर यादवले प्राविधिक कारणले उम्मेदवारको सूचीमा नाम रहेको भन्दै आफूले फिर्ता लिएको घोषणा गरेकि हुन् । यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे पनि उम्मेदवारको सूचीमा भने यथावत् रहनेछ ।
निर्वाचन अधिकृतको कार्यालयले फागुन २८ गते उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो । कसैले उम्मेदवारी फिर्ता नलिएपछि फागुन २८ गते बेलुकी आयाेगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । उपराष्ट्रपतिको चुनाव आउँदो चैत ३ गते शुक्रवार हुँदैछ ।
प्रमिलाले उम्मेदवारी फिर्ता लिएपछि जसपाबाट रामसहाय यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन

