पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा,प्रधानमन्त्री दाहालले गरे उद्घाटन
पोखरा। अंग्रेजी नयाँ वर्ष सन् २०२३ को अवसर पारेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दीप प्रज्जवलन गरि उद्घाटन गरेसंगै बिमानस्थल आजदेखी सञ्चालनमा आएको हो।

उद्घाटन कार्यक्रममा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतको पनि उपस्थिति थियो।
चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा साढे ५ वर्षपछि विमानस्थल निर्माण सुरु गरिएको थियो।

