थुलुङ दुधकोशी : मुक्लीको मैदलमा आगलागी हुँदा एक घर जलेर नष्ट
सोलुखुम्बु।सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-६ मैदेलमा आगलागी भएको छ । गएराती करिव १ः४५ बजेको समयमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार थुलुङ दुधकोशी गाउँपालिका ६ मैदेलका फूरी तामाङको २ तले घरमा बेलुकी खाना बनाउने चुलोबाट अचानक आगलागी भएको टंक गुरुङले प्रहरीलाई जानकारी दिनुभएको थियो ।
प्रहरी चौकी मुक्लीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र स्थानीयको संयुक्त पहलमा बिहान ३ः१५ मा आगलागि पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्नपात, लत्ताकपडा र भाडावर्तन गरि तीन लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मानवीय र पशु चौपायाको भने कुनै क्षति भएको छैन ।
हाल टंक गुरुङ छिमेकीको घरमा आश्रय लिएर बस्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार घरधनि फूरी तामाङ काठमाडौँ बस्दैआउनुभएको छ भने उहाँको घरमा हेरचाहको लागि मैदेलकै टंक गुरुङ बस्दैआउनुभएको थियो ।(सांकेतिक तस्बिर)

