बालकृष्णले दिए जमरकट्टेल सेवा प्रतिष्ठानलाई १३० बर्गमिटर नि:शुल्क जग्गा
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान-३ बेशीगाउँ निवासी बालकृष्ण जमरकट्टेलले १३० वर्गमिटर जग्गा जमरकट्टेल सेवा प्रतिष्ठान नेपाललाई नि:शुल्क प्रदान गरेका छन्।

शनिबार आयोजित कार्यक्रममा जमरकट्टेलले प्रतिष्ठानलाई सहेँलेमा रहेको जग्गा दिने घाेषणा गरेका हुन्।
उनलाई कार्यक्रमका प्रमुख अतिथि
नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राई र प्रतिष्ठानका पदाधिकारीले माला लगाई बधाई ज्ञापन गरेका थिए।
प्राप्त जग्गामा प्रतिष्ठानले धर्म चाैताराे निर्माण गरि आगामी सालकाे ठुली एकादशीमा वर, पिपल र अमला लाउने कार्यक्रम तय गरेकाे प्रतिष्ठानका महासचिव देबेन्द्र जमरकट्टेलले जानकारी दिए ।
उनले नेचासल्यानका १०८ स्थानमा वर पिपल र पाैराणिक झल्काे दिने धर्म चाैताराे निर्माण गर्ने प्रतिष्ठानको लक्ष्य रहेको बताए।वरपिपल धार्मिक दृष्टिले मात्र नभइ बैज्ञानिक दृष्टिकोण समेतले महत्वपूर्ण रहेको महासचिव जमरकट्टेलको भनाइ छ।

