जमरकट्टेल सेवा प्रतिष्ठानले सुरु गरेको ‘क्लोथ बैंक अभियान’बाट २५० जना लाभान्वित



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। जमरकट्टेल सेवा प्रतिष्ठान, नेपाल नेचासल्यान-३ ले सुरु गरेको क्लोथ बैंक अभियानबाट पहिलो चरणमा २५० स्थानीय लाभान्वित भएका छन्।

‘हुनेले दिनुस्, जरुरी हुनेले लिनुस्’ भन्ने नाराका साथ सुरु गरिएको अभियानका क्रममा संकलित लत्ताकपडा शनिबार आयोजित एक कार्यक्रमकाबीच स्थानीयलाई बितरण गरिएको प्रतिस्ठानका महासचिव देबेन्द्र जमरकट्टेलले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष बिना राईको प्रमुख आतिथ्य सम्पन्न बितरण कार्यक्रमको शुभारम्भ कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष कमल प्रसाद जमरकट्टेलले गरेका थिए।

क्लोथ बैंक अभियानका लागि स्थानीय रविलाल जमरकट्टेलले ७२ हजार ३ सय ५०, रमेश केसी जमरकट्टेल र राजु राउतले ३७ हजार २ सय ७५ हजार बराबरको कपडा सहयोग गरेको प्रतिष्ठानले जनाएको छ।

महासचिव जमरकट्टेलका अनुसार उदयपुर कटारीका दिलदार हुसेनले ६५ थान, स्थानीय विनोद पुरूष भारद्वाजले १०० थान, गिता बास्तोलाले ८० थान, गोपाल बास्तोलाले २४ थान, छवि जमरकट्टेलले २० थान, राजेश जमरकट्टेलले १५ थान, रोहित आचार्य ३३ थान, सल्लेरीका शिव कार्कीले ८ थान, स्थानीय कमला खनालले ७ थान, रोहन राई १० र हेम भट्टराईले २७ थान कपडा सहयोग गरेका छन् ।निरन्तर चल्न यस अभियानलाई सहयोग गर्न चहाने र लाभ लिनेले प्रतिष्ठानलाई सम्पर्क गर्न सकिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्