अध्यक्ष राईको पहलमा माप्यदुधकोशीको बतासेडाँडामा टेलिकमको 2G/4G BTS स्थापना गरिंदै



सोलुखुम्बु।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाको वडा नं- १ को बतासेमा नेपाल टेलिकमको टावर स्थापनाका लागि प्रक्रिया अघि बढेको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको पहलमा नेपाल टेलिकमले सर्भे सम्पन्न गरि 2G/4G BTS जडानका लागि सिफारिस गरेसंगै सो प्रक्रिया अघि बढेको हो। बतासेमा टावर निर्माण भएसंगैं वडा नं १ ,२ र ७ का हिल,छेछेवा र वाप्सा संगै जुबिङका स्थानीयबासी लावान्वित हुने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो।

नेपाल टेलिकमको नेटवर्कमा पूर्ण निर्भर रहेका त्यस क्षेत्रका बासिन्दाले गुणस्तरीय सेवाको अभावका कारण सास्ती ब्यहोर्नुपरेपछि गाउँपालिकाकाले टेलिकम टावर स्थापनाका लागि गत असोजबाट पहल सुरु गरेको जानकारी दिंदै अध्यक्ष राईले अहिले जिल्ला दूरसञ्चार कार्यालय सोलुखुम्बुले सर्भे सम्पन्न गरी वायरलेस सेवा निर्देशालय काठमाडौंलाई मोबाइल सर्भिस स्थापनाका लागि सिफारिस गरेको जानकारी दिनुभयो।सो सिफारिसको बोधार्थ दूरसञ्चार कार्यालय ओखलढुंगा र प्रादेशिक निर्देशनालय प्रदेश नं-१ बिराटनगरलाई समेत दिइएको छ।

2G/4G BTS जडान गरि mobile service स्थापना भएपछि त्यसक्षेत्रका बासिन्दाले भोग्नुपरेको सास्ती अन्त्य हुने अध्यक्ष राईको भनाई छ।

अध्यक्ष राईले प्रक्रिया अघि बढाउन बिशेष भूमिका निर्बाह गर्नु हुने नेपाल दूरसञ्चार कम्पनी बबरमहलमा कार्यरत गोबिन्द धामी र दिनेश पन्थीलाई धन्यवादसमेत दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्