राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको बैठक आव्हान



काठमाडौं।संघीय संसद्का दुवै सदनको बैठक पुस २५ गते दिनको १ बजे बस्ने भएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन्। 

 दुवै सदनको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ। सरकारको सिफारिशमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्