क्लाेथ बैंकलाई ७२ हजार बराबरका कपडा सहयाेग
खगिन्द्रराज बास्तोला,ललितपुर।जमरकट्टेल सेवा प्रतिष्ठान नेपाल, नेचासल्यान साेलुखुम्बुले संचालन गरेकाे क्लाेथ बैंक अभियानलाई सोही गाउँपालिकाका स्थायी बासिन्दा रविलाल जमरकट्टेलले ७२ हजार ३ सय ५० रूपैयाँ बराबरका नयाँ लुगा खरिद गरि हस्तान्तरण गरेका छन्।

हाल ललितपुरको महालक्ष्मी नगरपालिकामा बस्दै आएका जम्मरकट्टेलले सोमबार नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राइमार्फत प्रतिस्ठानलाई हस्तान्तरण गरेका हुन्।
मानव सेवा तथा पराेपकारी कार्य नै प्रतिष्ठानकाे उद्देश्य रहेकाले कपडाकाे आफ्नाे जरूरी टार्नै नसक्ने परिवारका लागि याे अभियान फलदायी हुने विश्वास प्रतिष्ठानले लिएकाे महासचिव देवेन्द्र जमरकट्टेलले बताए।
क्लाेथ बैंकलाइ पुस १६ गते एक कार्यक्रमका बिच जमरकट्टेल सेवा प्रतिष्ठानकाे कार्यालय परिसरमा उद्घाटन गरि संचालनमा ल्याइने छ । यस्काे स्टल पनि प्रतिष्ठान परिसरमा नै रहने जानकारी उनले दिए।
‘हुनेले दिनुस् , जरूरी हुनेले लिनुस्’ भन्ने नारासहित प्रतिष्ठानले प्रस्तुत गरेकाे याे अभियानमा सहयाेग गर्ने बन्धु तथा शुभेच्छुक ,शुभचिन्तक उत्सुक रहेकाे प्रतिष्ठानले जनाएको छ ।

