एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष बास्तोलालाई अध्यक्ष ओलीको सम्मान
काठमाडौं ।नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोला सम्मानित भएका छन।

गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा जिल्लाबाट पार्टीलाई ऐतिहासिक जित हासिल गराउन सफल भएबापत् राजधानीमा आयोजित बिशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले बांस्तोलालाई सम्मानित गरेका हुन्।
सोलुखुम्बुबाट गठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलाई पराजित गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य मानबीर राई प्रतिनिधिसभा सदस्यमा निर्बाचित भएका थिए। ०४८ सालको संसदीय निर्बाचन यता सोलुखुम्बुमा नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा बिजय हांसिल गरेको यो पहिलो पटक हो।
प्रदेशसभामा भने ०७४ को निर्बाचनमा जिल्लाका दुबै स्थानमा एमालेले बिजय हांसिल गरेको थियो।यस पटक पनि जिल्लाको प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट एमालेकै अर्का नेता बुद्धिकुमार राजभण्डारी निर्बाचित भएका छन् ।
मंसिर ४ गते सम्पन्न निर्बाचनको नेतृत्व जिल्ला अध्यक्षको हैसियतले बास्तोलाले गरेका थिए।उनी सोलुखुम्बु एमालेका निर्बाचन परिचालन समितिका संयोजकसमेत हुन।
उता, अर्घाखाँचीका अध्यक्ष भुसाल,पर्वतका पौडेल र धनकुटाका पराजुली भने निर्बाचनमा प्रदेश तथा प्रतिनिधिसभाका सबै स्थानमा जित हांसिल गर्न सफल भएका कारण सम्मानित गरिएको कार्यक्रममा जानकारी गराईएको थियो।

